साइनबोर्ड क्लिनिकको, बिक्री लागुपदार्थको

साइनबोर्ड क्लिनिकको, बिक्री लागुपदार्थको

पोलिक्लिनिक खोलेर लागू औषध कारोबारमा संलग्न भएको अभियोगमा उदयपुर प्रहरीले एक जनालाई शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको छ । समातिने प्रदेश नम्बर २ सप्तरी जिल्ला तिरहुत गाउँपालिका २ घर भई उदयपुरको बेलका १ अम्वासी बजारमा बेलका पोलिक्लिनिकका सञ्चालक २६ वर्षीय सुबोध यादव हुन् । उनको क्लिनिकबाट प्रहरीले छापा मार्दा लागू औषध ट्रामाडोल हाइड्रोकोलोराईड १ सय ९८ ट्यावलेट ,डाइसाइकोमाइन ५१५ ट्याबलेट,कवेटप ३०५ट्याबलेट, ओपीडल ५० एमजी र प्रतिबन्धित औषधी प्रिगआउट कीट १०ट्यावलेट,स्लाइडदिनाफिन ११० ट्याबलेट जुनुग्रा ११२ट्याबलेट बरामद गरेको प्रहरी प्रमुख भीमबहादुर दाहालले बताए । यादव लागुऔषधका दुर्व्यसनीको सूचनाको आधारमा पक्राउ परेका हुन् ।

टिप्पणीहरू