चुच्चो पलायो, क्षेत्रफल हरायो

चुच्चो पलायो, क्षेत्रफल हरायो

नेपालको नक्सामा गत वर्षदेखि चुच्चो पलाएको छ । भारतले अतिक्रमण गरेका लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्रफल समेटेर नयाँ नक्सा जारी गरेपछि पहिलेको बुच्चो नेपालको नक्सामा चुच्चो पलाएको हो ।

नयाँ नक्सा संसदले अनुमोदन गरेपछि मुलुकको क्षेत्रफलसमेत बढेको छ । पहिलेको १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरको सट्टा नेपालको क्षेत्रफल त्यसपछि बढेर १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भएको सरकारले घोषणा गरेको छ ।

तर,त्यहि सरकारको एउटा विभागले प्रकाशित गरेको २०७८ सालको डायरीमा भने बकायदा पुरानै क्षेत्रफल उल्लेख गरिनुले सरकारको घोषणा कतिसम्म फितलो रहेछ भन्ने पुष्टि भएको छ । सूचना तथा प्रसारण विभागले नयाँ वर्ष २०७८ सालमा प्रकाशित गरेको डायरीको अगाडि भागमा राखिएको नेपालसम्बन्धी विविध जानकारीमा उक्त गल्ती छापिएको हो । डायरी अहिले सबैतिर बाँडिसकिएको छ ।
दुई साताअघि राष्ट्रपतिले वितरण गर्नुभएको मान,पदवी तथा अलंकारमा समेत नेपालको नक्साको चुचो थिएन । अहिले विभागको डायरीमा क्षेत्रफल नै गायब भएको छ ।

टिप्पणीहरू