कोरोनाबाट मुक्ति पाउन चण्डिपाठ

कोरोनाबाट मुक्ति पाउन चण्डिपाठ

कोरोना महामारीबाट मुक्तिका लागि कपिलवस्तुमा महायज्ञसहित चण्डिपाठ लगाइएको छ । स्थानीय महाराजगञ्ज नगरपालिका–७ स्थित समयमातापुरम सतभरामा अवस्थित समयमाता मन्दिरमा विश्व कल्याण रसप्तचण्डी पाठसहितको महायज्ञ लगाइएको छ ।

दुर्गा मन्दिर,हनुमान मन्दिर,भैरव मन्दिर,शनि मन्दिर तथा देवीसागर कुण्ड समेत रहेको उक्त मन्दिरमा बैशाख ८ गते चैते दशैंको नवमीका दिन प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

चालिस वर्षअघि स्थापना गरिएको उक्त मन्दिर क्षेत्रको विस्तारमा पूर्वमन्त्री ईश्वर दयाल मिश्रा (वीरेन्द्र मिश्रा) को योगदान रहेको बताइएको छ । मन्दिर क्षेत्रमा रहेका देवी सागर कुण्डलाई थप व्यवस्थित गरेर आसपासका जग्गामा सिँचाई गराइने बताइएको छ ।

टिप्पणीहरू