देशलाई याेगदान गर्ने चेम्जोङहरू सम्मानित !

देशलाई याेगदान गर्ने चेम्जोङहरू सम्मानित !

थाकथाकु माबाेहाङ चेम्जोङ वंश उत्थान संघकाे ११ केन्द्रीय परिषद माेरङकाे केराबारी गाउँपालिकास्थित बगैंचामा सम्पन्न भएको छ ।

पूर्व मन्त्री रकम चेम्जोङकाे प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चेम्जोङ वंशमा जन्म लिएर देशका लागि विभिन्न क्षेत्रबाट याेगदान दिने उधमी बिक्रम चेम्जोङ, पाइलट लियो उवाहाङ, फुटबल खेलाडी सिर्जना चेम्जोङ, पारा ओलम्पिकपियन खेलाडी डिगम चेम्जोङ र फुटबल खेलका रेफ्रि तुफान चेम्जोङलगायतलाई सम्मान गरेकाे छ ।

भेलाले चेम्जोङहरूकाे वंशावलीलाई सुधार गर्नुका साथै आपसी सम्बन्धलाई अझ सुढृढ बनाउने निर्णयसमेत गरेको छ । भेलामा पूर्व सांसद टीकाराम चेम्जोङ, डिकबहादुर लिम्बू, केराबारी गापाका अध्यक्ष राेहित कार्की , उपाध्यक्ष शान्ति चेम्जोङ भुजेलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष टेकरत्न चेम्जोङले गर्नु भएको थियोे ।

टिप्पणीहरू