नेपाली विकासको उत्कृष्ट रुप, हरियो मासेर कंक्रिटको रुख

नेपाली विकासको उत्कृष्ट रुप, हरियो मासेर कंक्रिटको रुख

सडक छेउछाउका रूख बिरूवा मासेर के भो ? कसैले काट्न र उखेल्न नसक्ने कंक्रिटकै रोपिदिएपछि योभन्दा गज्जब अरु के हुनसक्ला ?

यस्तो दीर्घकालीन रूखको परिकल्पना गर्नेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै माथ ख्वाइदिएको सामाजिक सञ्जालमा प्रतिक्रिया छ्याप्छ्याप्ती भएको छ ।

एकजनाले सामाजिक सञ्जालमा तस्बिर सहित लेखेका छन् ‘पूर्वतिर रहेछ, ३२ लाखको कंक्रिट रूख रे ! अरे वाह् विकास !!

त्यहि स्टाटसमा अर्कोले प्रतिक्रिया जनाएको छ ‘अँ त्यतातिर कंक्रिटकै लसुन, प्याज, काउली र आलु पनि फलाएका छन् क्यार !’

अनि अर्कोले थपेका छन् ‘एक त यो रुख बढ्दैन, बिजुलीको तार छुँदैन । पात झरेर फोहर गराउँदैन, अनि कार्बनडाइअक्साइड पनि छोड्दैन, फाईदो !’

टिप्पणीहरू