यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा हिजोदेखि मौसममा परिवर्तन आएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बैशाख ६ गतेसम्म देशका विभिन्न भू–भागमा हावाहुरी, चट्याङ र मेघगर्जनसहित असिना पानी पर्ने सम्भावना रहेको छ ।

बैशाख ४,५ र ६ गते देशका धेरैजसो भू–भागमा सामान्यदेखि आंशिक बदली रहने छ भने पहाडी भेग र तराइका केही स्थानमा मेघगर्जनसहित हावाहुरी, चट्याङ र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि अधिकांश भागमा वर्षा शुरुभएको हो । लामो समयसम्म वर्षा नहुँदा किसानले मकै छर्न पाएका छैनन् । लामो खडेरीले तरकारी खेतीमा समेत असर पारेको छ । वर्षा शुरु भएसँगै गर्मीसमेत बढ्ने मौसमविद्हरुले बताएका छन् ।

टिप्पणीहरू