१३६ रनको लक्ष्य पछ्याउँदै नेपाल

१३६ रनको लक्ष्य पछ्याउँदै नेपाल

त्रिकोणात्मक टि–ट्वान्टी सिरिजको उद्धघाटन खेलमा नेदरल्यान्ड्ससंग प्रतिस्पर्धा गरेको नेपालले १३६ रनको टार्गेट पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १३५ रन बनाएपछि नेपालले १३६ मध्यम लक्ष्य पाएको हो ।

नेदरल्यान्ड्सका लागि लिडेले सर्वाधिक ४१ रन बनाए । सुस्त सुरुआत गरेको नेदरल्यान्ड्सले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । ओपनर म्याक्स ओ डोवडलाई सस्तैमा गुमाएपछि दबाबमा देखिएको नेदरल्यान्ड्सले लगत्तै तेस्रो ओभरमा अर्को विकेट गुमाएको थियो ।

लगातार दुई विकेट गुमाएपछि सम्हालिएर खेलेको नेदरल्यान्ड्सको इनिङ एवार्ड्स र लिडेले सम्हालेका थिए । उनीहरुले अर्धशतकीय साझेदारी गरेपछि नेदरल्यान्ड्सले सम्मानजनक योगफल बनाएको हो । उसका लागि सिलरले २२ र स्टालले अविजित २० रनको योगदान गरे।

नेपालका लागि सन्दीप लामिछानेले २ र सोमपाल कामी र सहाब आलमले समान एक-एक विकेट लिए।

नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

टिप्पणीहरू