नेपाललाई अर्को सफलता, कामीले दिलाए विकेट

नेपाललाई अर्को सफलता, कामीले दिलाए विकेट

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको उद्धघाटन खेलमा अहिले चिरप्रतिद्धन्दी नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले तीन ओभरको समाप्तिमा १४ रन बनाएर २ विकेट गुमाइसकेको छ ।

नेपालका लागि लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विकेट लिएका हुन् ।

दोस्रो ओभर बलिङ गर्न आएका लामिछानेले नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डोवडलाई एलबिडब्लु धरापमा पारेका थिए । लामिछानेले ७ रन दिँदै १ विकेट लिए ।

दुई ओभर बलिङ गरेका कामीले ५ रन खर्चिंदै एक विकेट लिए ।

 

टिप्पणीहरू