सन्दीपले लिए नेपालका लागि पहिलो विकेट

सन्दीपले लिए नेपालका लागि पहिलो विकेट

त्रिकोणात्मक टि-ट्वान्टी सिरिजको उद्धघाटन खेलमा अहिले चिरप्रतिद्धन्दी नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले दुई ओभरको समाप्तिमा १० रन बनाएर १ विकेट गुमाएको छ।

नेपालका लागि लेगस्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन्। दोस्रो ओभर बलिङ गर्न आएका लामिछानेले नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डोवडलाई एलबिडब्लु धरापमा पारेका हुन् । लामिछानेले ७ रन दिँदै १ विकेट लिएका हुन्।

 

टिप्पणीहरू