बालुवाटार बैठकमा चार पूर्वप्रधानमन्त्री अनुपस्थित

बालुवाटार बैठकमा चार पूर्वप्रधानमन्त्री अनुपस्थित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाउनुभएको सर्वदलीय बैठक चार पूर्वप्रधानमन्त्रीले बहिष्कार गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन् ।

बैठकमा जाने नजानेबारे अन्योलमा देखिनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी हुनुभएको छ । केपी ओलीसँग विमती भएपनि प्रधानमन्त्री पदको गरिमा राख्न बैठकमा जानुपर्ने शीर्ष नेताको सुझावपछि देउवा बालुवाटार पुग्नुभएको बताइएको छ ।

बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी र जनमोर्चाका प्रतिनिधि सहभागी रहेको बताइन्छ ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन, कोरोना महामारीलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो । तर, प्रमुख नेताहरू नै नगएपछि बैठकको औचित्य नदेखिएको बताइएको छ ।

टिप्पणीहरू