रक्सी पिएर खोलामा फालहाल्दा झण्डै ठहरै

बर्दियाको मधुवन नगरपालिका–७ कुसुम्बाघाटस्थित झोलुङगे पुलबाट हामफालेर एक युवकले आत्महत्याको प्रयास गरेका छन् । मधुवन–७ का बिन गुरुङले हिजो पुलबाट खोलामा हामफालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

खोलामा हामफालेका गुरुङलाई मलामीहरुले देखेपछि उद्धार गरेका थिए । उनलाई उपचारको लागि शिक्षण अस्पताल, कोहलपुर पठाएको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

गुरुङको अवस्था गम्भीर रहेको र उनको बाँया खुट्टा भाँच्चिएको शाहीले बताए । मानसिक रोगी गुरुङले हामफाल्नु अघि रक्सी पिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू