दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो

दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो

बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिक हिजो बस र टिपर ठोक्किँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका– १२ का २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवनकुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल र सिराआकी अम्बिका कामती रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले बताएका छन् ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
खनालका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

टिप्पणीहरू