बहुविवाह गरेकी महिला जेल चलान

बहुविवाह गरेकी महिला जेल चलान

बहुविवाहको मुद्दामा सजाय सुनाइएकी एक फरार अभियुक्त जेल परेकी छन् । बारबर्दिया नगरपालिका–११ की ३० वर्षीया क्रान्ति थारुलाई बहुविवाहको अभियोगमा प्रहरीले हिजो पक्राउ गरेको बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार थारुलाई ईलाका प्रहरी कार्यालय बानियाभारको टोलीले समाती जिल्ला अदालतमा बुझाएको हो । अदालतले गत पुस १७ गते बहुविवाह मुद्दामा उनलाई १० महिना १४ दिनको सजाय तोकेको थियो ।
अदालतको आदेशमा उनलाई जिल्ला कारागार बर्दिया पठाइएको छ ।

बर्दियामै चोरी मुद्दाका अर्का एक फरार अभियुक्त पनि पक्राउ परेका छन् । नकबजनी चोरी मुद्दामा कैद सजाय छल्दै फरार रहेका राजापुर नगरपालिका–१० कालाबन्जरका २१ वर्षीय संजित थारुलाई ईलाका प्रहरी कार्यालय, राजापुरले पक्राउ गरेको हो ।

थारुलाई दुई वर्षअघि अदालतले २४ दिनको सजाय तोकेको थियो । त्यसयता फरार रहँदै आएका उनलाई राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेको टोली हिजो नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालतको आदेशमा थारुलाई जिल्ला कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

टिप्पणीहरू