काठमाडौं महानगरपालिकाको नाटक

काठमाडौं महानगरपालिकाको नाटक

काठमाडौं महनगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडक नाटक शुरु गरेको छ ।

करदातालाई दवाब दिएर नभई सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होओस् भन्ने हेतुले महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ शुरु गरेको बताइएको छ ।

महानगरपालिकाले पहिलो चरणमा महानगरभित्रका बसन्तपुर, कालिमाटी, कलंकी, चाबहिल, गौशाला, नयाँबानेश्वरलगायतका १० स्थानमा सडक नाटक गर्न लागेको हो । शुक्रबार बसन्तपुर, कालिमाटी र कलंकीमा सडक नाटक मञ्चन हुँदैछ ।  नाटकमा कर तिर्दाको फाइदा र नतिर्दाको बेफाइदाबारे जनतालाई सुसूचित गराइने बताइएको छ ।

महानगर राजस्व विभाग प्रमुख डा.शिवराज अधिकारीले करदातालाई करकाप र दवाबमा कर तिराउनुभन्दा स्वःस्फूर्त रुपमा कर तिराउने अभियानअन्तर्गत सडक नाटक मञ्चन गराउन लागिएको बताएका छन् ।

महानगरपालिकाले पहिलो पटक सडक नाटक मार्फत् कर सम्बन्धी सचेतना फैलाउन लागेको हो ।

टिप्पणीहरू