अनकन्टार ठाउँमा प्रचण्डलाई ओलीको फोन

अनकन्टार ठाउँमा प्रचण्डलाई ओलीको फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर भेट्न आग्रह गर्नुभएको छ ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुग्नुभएका प्रचण्डलाई मन्चमा बसिरहेकै बेला ओलीको फोन आएको बताइन्छ । फोनमा ओलीले छिटो भेट्न प्रस्ताव गर्नुभएको थियो ।

ओलीले तपाईं,म र देउवा बसेर सल्लाह गरौँ,मिलेर जाऊँ भनेर प्रस्ताव राखेपछि प्रचण्डले अहिले म राम्रोसंग नेटवर्क नटिप्ने ठाउँमा छु । पछि कुरा गरौँला भनेर फोन राख्नुभएको थियो ।

प्रदेश सरकार फेर्न काँग्रेस र माओवादी केन्द्रबीच सहमति जुटेको भनिएका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर भेट्न प्रस्ताव राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हिजोमात्रै गण्डकी प्रदेशमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने कर्णाली सरकार अल्पमतमा परेको छ । कांग्रेस र माओवादीले अन्य प्रदेशमा समेत सरकार फेर्ने कसरत शुरु गरेका छन् ।

गण्डकीमा एमाले र कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तत्काल कर्णाली प्रदेश ढालिए पनि त्यसपछिको तरङ्ग अन्त पर्दै,सर्दै जाने लक्षण देखा परेका छन् ।

टिप्पणीहरू