बिध्यालय बन्द गर्दा विद्यार्थी बराल्लिने डर !

बिध्यालय बन्द गर्दा विद्यार्थी बराल्लिने डर !

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च जोखिमयुक्त १४ जिल्लाका विद्यालय बन्द गर्न आह्वान गरेको छ । मन्त्रालयको जोड उपत्यकाका तीनसहित सीमा नाकासँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध रहेका १४ जिल्लाका विद्यालय बन्द गर्ने हो ।

यसअघि विद्यालय बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)लाई गरिएको सिफारिसमाथि ठोस निर्णय नभएपछि मन्त्रालय आफैँले घुमाउरो शैलिको निर्णय गरेको बताइन्छ । मन्त्रालयले पछिल्लो २४ दिनमा ३५० बढि बालबालिका संक्रमित भएको तथा केहीको ज्यानसमेत गएको भन्दै विद्यालय बन्द गर्न भनेको हो ।

“उनले विद्यालय बन्द नै गर्नुपर्ने अवस्थामा तल्लो कक्षाका विद्यार्थीलाई मात्र घर राख्नेगरी बन्द गर्न सुझाव दिए ।”

सरकारले विद्यालय बन्द गर्न निर्देशन दिए पनि शुक्रबार उपत्यकाका अधिकांश विद्यालय खुल्ला छन् । केही विद्यालय मात्र बन्द भएका छन् । एनप्याव्सनका अध्यक्ष ऋतुराज सापकोटाले संक्रमण दर उच्च रहेका ठाउँमा मात्र विद्यालय बन्द गर्नुपर्ने बताए ।

उनले विद्यालय बन्द नै गर्नुपर्ने अवस्थामा तल्लो कक्षाका विद्यार्थीलाई मात्र घर राख्नेगरी बन्द गर्न सुझाव दिए । यसबारे शिक्षा मन्त्रालयले ठोस निर्णय गर्नुपर्ने भन्दै उनले बोर्ड परिक्षालाई समेत मध्यनजर गरी उपल्लो तहमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन नियमित गर्नुपर्ने बताए ।

“विद्यालय बन्द भए विद्यार्थीहरु फ्री हुन्छन् र घर बाहिर निस्कन्छन् । यसले झन् संक्रमण बढाउँछ । यतातर्फ कसैको ध्यान गएको छैन । बन्द गर्ने भनेर मात्र हुन्छ ?”

सरकारले विद्यालय बन्द गरेर मात्र संक्रमण दर कम हुने मानसिकता राखेकोमा असन्तुष्टि जनाउँदै उनले बाल मनोबिज्ञान नबुझेर विद्यालय बन्द गर्न खोजिएकोमा आपत्ति जनाए । विद्यालय बन्द गर्दा संक्रमण झन बढ्ने दाबी गर्दै भने, ‘विद्यालय बन्द भए विद्यार्थीहरु फ्री हुन्छन् र घर बाहिर निस्कन्छन् । यसले झन् संक्रमण बढाउँछ । यतातर्फ कसैको ध्यान गएको छैन । बन्द गर्ने भनेर मात्र हुन्छ ?’

विद्यालय बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सिफारिसप्रति प्याब्सनले भने अहिले केही बेरमा धारणा सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयको निर्णयबारे दिउँसो दुई बजे बस्ने बैठकले संस्थागत धारणा सार्वजनिक गर्ने प्रवक्ता कुमार घिमिरेले बताए ।

टिप्पणीहरू