स्मार्टडोको नयाँवर्षको अफर

स्मार्टडोको नयाँवर्षको अफर

स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्टडोको नयाँवर्षको अफर” लिएर आएको छ । जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । थपरुपमा, ४ भाग्यशाली ग्राहकले यस अफर अन्र्तगत कोन्का टिभि,  आइ सिक्स आइ सिक्स स्मार्टवच् , वेगा स्टाय्ण्ड फ्यान्, बाल्ट्रा स्लाइस् पप्–अप् टोस्टर सामानहरु जित्नसक्ने रहेका छन् ।

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ,पीसेफ् र नियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्ड बाट गर्न सकिने जनाएको छ ।

हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा “स्मार्टडोको नयाँ वर्षको अफर” ल्याएको छ । हामीले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट रहोम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएको जनाएको छ । हामीले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दै आएका छौं र यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र रु. ५० मा डेलिभरी गर्दैछौं ।

हामीले आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवादिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएका छौं । हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौं । ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेको आई.एम.एस. ग्रुपका प्रेसिडेन्ट तथा सि.ई.ओ दिकेश मलहोत्राले बताए ।  यो अफर २०७८ बैसाख १ गते देखि ५ गते सम्ममात्र लागू रहने जनाएको छ ।

 

 

 

 

 

 

 

 

टिप्पणीहरू