बल्खुमा माधव पक्षले यसरी खुवायो शपथ

बल्खुमा माधव पक्षले यसरी खुवायो शपथ

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको काठमाडौँ जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम भर्खरै शुरु भएको छ ।

बल्खुस्थित सिध्दि गणेश पार्टी भेन्युमा जारी शपथग्रहण तथा पहिलो पूर्ण बैठकमा सो पक्षका बागमती प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यको उपस्थिति रहेको बताइएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै असन्तुष्ट नेपाल पक्षले पार्टीमा समानान्तर कमिटी बिस्तार गरिरहेको छ ।

वडास्तरसम्म समानान्तर कमिटी गठनको अभियान नै शुरु गरेको सो पक्षले काठमाडौँ जिल्लामा पनि छुट्टै कमिटी बनाएको हो ।

https://www.facebook.com/100055615313003/videos/247329343797574/

टिप्पणीहरू