बागलुङ ताराखोलामा चट्याङ लागेर मृत्यु

बागलुङ ताराखोलामा चट्याङ लागेर मृत्यु

यतिबेलाको मौसम प्रतिकूल छ । हावा,हुरी,झरी जताततै चलिरहेको छ । यसै क्रममा बागलुङमा हावा, हुरी र वर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

ताराखोला गाउँपालिका–२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताए ।

कँडेललाई तत्कालै उपचारका लागि धौलागिरी अस्पताल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

-राजेशचन्द्र राजभण्डारी

टिप्पणीहरू