पशुपतिमा किन घटे भारतीय ?

पशुपतिमा किन घटे भारतीय ?

कोरोना महामारीका कारण लामो समयसम्म बन्द गरिएको पशुपतिनाथ मन्दिर खुलेसङ्गै भक्तजन र दर्शनार्थीको घुईंचो लाग्न थालेको थियो ।

पछिल्लो समय कोरोना संक्रमणको दर समेत घटेकाले भक्तजनको भीड ह्वात्तै बढेको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुले बताएका छन् ।

अहिले भने नेपालीझैँ भारतीय तीर्थालु र भक्तजनको समेत निकै आकर्षण मानिएको पशुपतिनाथ मन्दिरमा भारतीय तीर्थालुको भीड खासै नबढेको बताइन्छ । बीचमा देखिन थालेको भारतीय तीर्थालुको संख्या चैतको आधाआधीपछि घटेको छ ।

माघ-फागुनताका भारतीय तीर्थालु र दर्शनार्थीहरुको संख्या दैनिक १ हजारदेखि १५ सयसम्म पुगेको थियो । तर,अहिले फेरि एकाध सयमा झरेको बताइन्छ ।

टिप्पणीहरू