सौताका सन्तान त हैनन् नि सुब्बाहरु

सौताका सन्तान त हैनन् नि सुब्बाहरु

नयाँ बर्षको भोलिपल्ट एकाबिहानै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा तनाव उत्पन्न भएको छ ।

कार्यालय शुरु हुनुभन्दा आधा घण्टाअगावै सयौंको संख्यामा भेला भएका नासु तहका कर्मचारीहरुले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबारभित्रै आन्दोलन प्रारम्भ गरेपछि त्यहाँ तनाव उत्पन्न भएको छ ।

गत चैत्र २२ मा संसदको राज्यव्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधि सभामा पेश भएको कर्मचारीको मूल ऐन (संघीय निजामती सेवा विधेयक) का कतिपय प्रावधानप्रति असन्तुष्टि पोख्दै एकाबिहानै साढे ९ बजेदेखि साढे दश बजेसम्म हातमा प्ले कार्ड बोकेर नायब सुब्बा तहका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् ।
उनीहरु हातमा गिराएर मनोबल कस्तो खोजेको प्रतिफल ? लगायतका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

विधेयक अक्षरश: पारित भए तल्ला तहका कर्मचारीको वृत्ति विकासको ढोका बन्द हुने भन्दै विरोधमा उत्रिएका हुन् ।
सिंहदरबारअगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका सयौं संख्याका नासु तहका कर्मचारीहरुको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ ।
आन्दोलनमा उत्रिएका कर्मचारीमध्ये प्रहरीले केदार तिवारी,तेजेन्द्र कँडेललगायत चार जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी एकाध घण्टा समाएर अहिले छोडिदिएको छ ।
विधेयकका कतिपय विवादित प्रावधानहरु संशोधन नभए आन्दोलनको आँधीहुरी ल्याउने कर्मचारीहरुले चेतावनी दिँदै आएका छन् ।

निजामती सेवामा राजपत्र अनँकित संरक्षण अभियान चलाएर नासुहरुको मुद्धा उठाउँदै आएका कर्मचारीहरुले प्रतिनिधि सभामा पेश भएका विधेयकमा राप तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला,३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गराइनुपर्ने, साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने, एकपटक निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने व्यवस्था लागू गर्नुपर्ने,सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने र सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने माग उठाउँदै आएका छन् ।

टिप्पणीहरू