मध्यराति अन्त्य,दिउँसो आह्वानः सुब्बाको सरकारमाथि संकट

मध्यराति अन्त्य,दिउँसो आह्वानः सुब्बाको सरकारमाथि संकट

आफूविरुद्ध दर्ता हुन लागेको अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हतारमा रातारात हाउस बन्द गरेपछि विपक्षी गठवन्धनले विशेष अधिवेशन माग गरेको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्रीले चलाखीपूर्ण ढंगले संसद्को चालू अधिवेशन अन्त्य गरेपनि विपक्षी गठवन्धनले आजै अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेशसभा सचिवालयका सचिवलाई बुझाइएको अविश्वास प्रस्तावको पत्रमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ जना सांसदको हस्ताक्षर छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको बचाउ गरेको,सत्तामै रहेका दलहरुलाई अपमान गरेको, समन्वय र सहमतिको यात्रालाई कमजोर बनाएको, संविधान विरोधी कार्यको वकालत गरेको र नेकपा विभाजित भएपछि एक महिनाभित्र लिनुपर्ने विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेको आरोप लगाइएको छ ।

प्रस्तावमा मुख्यमन्त्री गुरुङले जनअपेक्षा र विश्वासको कदर गर्दै संघीयता,लोकतन्त्र र गणतन्त्रलाई सबल बनाउँदै संवैधानिक तरिकाले गण्डकीलाई सर्वश्रेष्ठ प्रदेश बनाउने साझा संकल्प पूरा गर्न नसकेको बताइएको छ । त्यस्तै,नीति तथा कार्यक्रम र बजेटमा योजना घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिले बजेट खर्च न्यून रहेको भन्दै सरकारमाथि विश्वास नरहेको जनाइएको छ ।

अविश्वासको प्रस्तावमा सरकारका कारण महंगी, बेरोजगारी र आर्थिक अनियमितता बढेको,सुशासन कायम गर्न सरकार असफल रहेको भन्दै विकल्पका रुपमा नयाँ सरकार गठनको प्रयास थालिएको उल्लेख छ ।

मुख्यमन्त्री गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको बचाउ गरेको,सत्तामै रहेका दलहरुलाई अपमान गरेको, समन्वय र सहमतिको यात्रालाई कमजोर बनाएको, संविधान विरोधी कार्यको वकालत गरेको र नेकपा विभाजित भएपछि एक महिनाभित्र लिनुपर्ने विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेको आरोप लगाइएको छ ।

अविश्वासको प्रस्तावमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको जनमोर्चाले भने प्रस्तावमा हस्ताक्षर छैन ।

टिप्पणीहरू