जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोकका वीर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेलम्ची नगरपालिका–१, सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले हिजो बेलुकी काठमाडौंमा पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका–६, फस्कुस्थित टहरोमा तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू