बुद्धकृष्णले फेरी जिब्रो छेड्ने

बुद्धकृष्णले फेरी जिब्रो छेड्ने

बिस्केट जात्रा अन्तर्गत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रामा अघिल्लो वर्ष कोरोनाको कारणले छेड्न नपाएका बुद्धकृष्णले यस पटक आठौं पटक जिब्रो छेड्दै छन् ।

पेशाले एम्बुलेन्स चालक बुद्धकृष्ण बाग श्रेष्ठ कोरोनाको कारण गतवर्ष एम्बुलेन्स चलाउनु परेकाले जिब्रो छेड्ने जात्रामा सहभागी हुन सकेका थिएनन् ।

यो वर्ष उनी जिब्रो छेड्नैको लागि चैत अन्तिम सातादेखि निराहार (उपवास) बसेका छन् । निराहार बस्दा जिब्रोमा स्वाद नहुने र जिब्रो तुलनात्मक रुपमा नरम समेत हुने भएकाले उनी पानी मात्र पिएर उपवास बसेका हुन् ।

बुद्धकृष्णको जिब्रो छेड्न लाकुछेंका नकर्मीहरुले ११ इन्चको नटुचा (सियो) पनि तयार पारिसकेका छन् ।

टिप्पणीहरू