कोरोना बढेपछि उपचार केन्द्र दुरुस्त राख्न निर्देशन

कोरोना बढेपछि उपचार केन्द्र दुरुस्त राख्न निर्देशन

मुलुकमा कोरोनाको नयाँ प्रजातिसँगै संक्रमण दर बढेपछि सरकारले मातहतका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूलाई पुनः सतर्कतासाथ उपचार र आइसोलेसनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले हालै जारी गरेको सर्कुलरमा भनिएको छ ‘देशका प्रमुख धेरै जनसंख्या भएका शहरहरूमा संक्रमण बढ्दै गइरहेको अवस्थामा संक्रमित बिरामीहरूको व्यवस्थापन गर्नको लागि आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्नुहुन ।’

विभागले उक्त निर्देशन सशस्त्र प्रहरी बल,नेपाल प्रहरीलगायत मातहतका सबै निकायमा पठाइसकेको बताइएको छ ।

यता, ती निकायले पनि संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राखेर उपचारको निम्ति पूर्ववत् रुपमा आइसोलेसन सेन्टरको व्यवस्थापन गरिसकिएको जनाएका छन् ।

टिप्पणीहरू