सेनाका दर्जनौँले फुली थप्दै, उजुरीको म्याद १ हप्ता

सेनाका दर्जनौँले फुली थप्दै, उजुरीको म्याद १ हप्ता

नेपाली सेनाले महासेनानी र प्रमुख सेनानी दर्जाका हाकिमहरूको बढुवाको लागि नाम सिफारिस गरेको छ । सैनिक सेवा नियमावली २०६९ (दोस्रो संशोधन २०७५ सहित) को नियम ३३ (ग) बमोजिम गठित बढुवा समितिले प्रमुख सेनानीहरूलाई महासेनानी र सेनानीहरूलाई प्रमुख सेनानी दर्जामा पदोन्नति सिफारिस गरेको हो ।

सूचनाअनुसार महासेनानी पदको लागि २५ जना र प्रमुख सेनानीको लागि ६२ जनाको दरबन्दी सिफारिस गरिएको छ । सेनाको नियमानुसार हरेक चैत महिनामा बस्ने बढुवा समितिले वर्षभरि खाली रहेका पदमा क्रमशः पदोन्नती गर्दै लगिन्छ । बढुवा सिफारिसमा परेका उम्मेदवारहरूको विरुद्ध कुनै उजुरी भए एक हप्ताभित्र पेश गर्न भनिएको छ ।

महासेनानी दर्जामा पदोन्नति सिफारिस भएकाहरूमा प्रसेद्वय सुवास केसी र झलेन्द्र भट्टराई राष्ट्रपति कार्यालयमा कार्यरत छन् ।
त्यसैगरी कमाण्ड तथा स्टाफ तालिम समूहको ज्येष्ठताक्रम उपसमूहबाट बढुवा सिफारिस भएकाहरूमा क्रमशः स्टाफ कलेजका पूर्णप्रसाद ढकाल, सैनिक सामग्री उत्पादन निर्देशनालयका भूमिभक्त बराल, वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रका सन्तोष कार्की, स्टाफ कलेजका अञ्जनकेशर खत्री, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका अशोकबहादुर चन्द, सैनिक आवासीय महाविद्यालयका अनुप शाह, नम्बर २१ बाहिनी अड्डाका विक्रम गुरुङ, सैनिक कमाण्ड तथा स्टाफ कलेजका मिलन तुलाचन, मध्य एअरवेशका उज्जोल राणा, स्टाफ कलेजका पर्वतराज गिरी, उत्तर पश्चिम पृतना तालिम शिक्षालयका मुनाल बस्नेत, कल्याणकारी योजना निर्देशनालयका विजय केसी, शिकायत जाँच निर्देशनालयका विजीतराज रेग्मी पिएचडी, सैनिक कमाण्ड तथा स्टाफ कलेजका भीमशंकर वन, नेपाली सैनिक ब्याटल स्कुलका उज्जवल थापा, वार कलेजका प्रकाश लामिछाने, नम्बर ४ बाहिनी अड्डाका शरद लामिछाने, जंगी असवाब खानाका भेषबहादुर केसी, सुदूर पश्चिम पृतनाका संजित श्रेष्ठ सिन्या, स्टाफ कलेजका विनोद चन्द, नम्बर २४ बाहिनी अड्डाका सुधिरप्रताप सिंह, निरीक्षण निर्देशनालयका हरिशबहादुर बम र नम्बर ५ बाहिनी अड्डाका सुमन खड्का छन् ।

त्यसैगरी कमाण्ड तथा तालिम समूहबाट प्रमुख सेनानी पदमा पदोन्नति सिफारिस भएका मेजरहरूमा नम्बर ९ बाहिनी अड्डाका विवेकविक्रम शाह, केवलजंग गुल्मका रमेश थापा, उत्तर पश्चिम पृतनाका उज्जवल थापा, भगवतीप्रसाद गुल्मका रविन थापा, शान्ति सेना सञ्चालन निर्देशनालयका विक्रम थापा, आपूर्ति तथा परिवहन निर्देशनालयका महेश्वर सिल्वाल, कालिशक्ति गणका रामज्योती बोहरा, रुद्रध्वज गणका सूर्यकान्त घिमिरे, भैरववाहन गुल्मका सञ्जीवसिंह सिजापति, नम्बर २७ बाहिनी अड्डाका दिपेन्द्र न्यौपाने, दुर्गाभञ्जन गुल्मका सुनिल बिष्ट, सैनिक सचिव विभागका गोविन्दराज घिमिरे, नम्बर १ बाहिनी अड्डाका रवि केसी, नम्बर ३ बाहिनी अड्डाका राजेन्द्र बोगटी, नम्बर ३ राजदल गणका सुदिपसिंह पाल, सैनिक सचिव विभागका केशरबहादुर बुढाथोकी, सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका दिलिप राउत, पश्चिम पृतनाका सूर्यबहादुर कार्की, प्रधान सेनापतिको कार्यालयका गंगाबहादुर विष्ट, पश्चिम पृतनाका प्रेमप्रसाद पौडेल, नम्बर ५ बाहिनी अड्डाका दीपक टण्डन क्षेत्री रहेका छन् ।

सिफारिस सूचीमा रहेका अन्य सेनानीमा प्राजु बस्न्यात, कालीदल गणका निर्मल खड्का, मध्यपूर्वी पृतनाका विनोद काफ्ले, कालिदत्त गुल्मका अशोकराज बराल, कालीप्रसाद गणका निरजविक्रम थापा मगर, वीरभद्रजंग गुल्मका भूपेन्द्र गुरुङ, कार्यरथीको कार्यालयका सुमन थापा, सैनिक सामाग्रीप्राप्ती निर्देशनालयका राजु कार्की, रणसुर गुल्मका सागर थापा, भर्ना छनौट निर्देशनालयका प्रविण खड्का, सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका गणेशराज पन्थ, अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयका निरञ्जन धामी, श्रीदल गुल्मका प्रतिकसिंह कार्की, नेपाली सैनिक वार कलेजका विवेक बुढाथोकी, रणदल गुल्मका विमलकुमार श्रेष्ठ, संग्राम शार्दुल गुल्मका डायमण्ड कार्की, हनुमानध्वज गुल्मका प्रविन थापा, बराहदल गुल्मका नरेशभक्त अधिकारी, देवीबक्स गुल्मका विष्णु कार्की, अमरदल गुल्मका माधव थापा, सिंहशार्दुल गुल्मका शरद थापा, श्रीबक्स गुल्मका रोशन थापा, प्रतिविद्रोह तथा जंगलवारफे र शिक्षालयका सुजन गुरुङ, रणनीतिक तथा दीर्घकालिन योजना निर्देशनालयका रवि खड्का, शत्रुमर्दन गुल्मका मोहनकुमार थापा, पश्चिम पृतनाका अरुण कार्की, कार्यरथीको कार्यालयका रविन श्रेष्ठ, नम्बर १ सैनिक इण्टेलिजेन्स गणका धन राना मगर र समरजित गुल्मका शिवप्रसाद वाग्ले छन् ।

त्यसैगरी, गणपति र युनिट कमाण्ड तथा स्टाफ कोर्स समूहबाट बढुवा सिफारिस भएका सेनानीहरूमा कल्याणकारी योजना निर्देशनालयका प्रकाश अधिकारी, शिकायत जाँच निर्देशनालयका बालकृष्ण कार्की, असवाव निर्देशनालयका शिवराम थापा, उपत्यका पृतनाका दिपक गुरुङ, हवाई सुरक्षा तालिम शिक्षालयका दीपेन्द्र अर्याल, रणनीतिक तथा दीर्घकालिन योजना निर्देशनालयका अनिल महत, आपूर्ति तथा परिवहन गणका विकास बानियाँ, निरीक्षण निर्देशनालयका सुजित श्रेष्ठ, विपद् व्यवस्थापन निर्देशनालयका करुणबहादुर थापा, सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका बासु शरण खड्का, वीरदल गणका विदुर रानाभाट, नम्बर २ सैनिक इण्टेलिजेन्स गणका विनयचन्द बाँस्तोला रहेका छन् ।

स्रोत भन्छ ‘ती नामउपर उजुर परे छानबिन हुन्छ नत्र रक्षा मन्त्रालयमा सिफारिस भई जानेछ ।’ यतिखेर रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले लिनुभएको छ ।

सेनामा लेफ्टिनेन्ट कर्णेलसम्मको पद मन्त्रालयले र फूल कर्णेल क्याबिनेटले बढुवा गरेपछि पदस्थापनसँगै गर्ने प्रचलन छ ।

टिप्पणीहरू