प्रशासनका ३ जनाको दुर्घटनामा प्राणान्त

प्रशासनका ३ जनाको दुर्घटनामा प्राणान्त

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू सवार जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप रुमले भन्ने ठाउँमा भएको दुर्घटनामा चार बालबालिकासहित १७ जना परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उद्भव पन्थीले बताउनुभएको छ ।

पन्थीका अनुसार मृतकहरूमा स्याङ्जा कालिगण्डकी गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्यामलाल न्यौपाने,सोही कार्यालयका कम्प्युटर अपरेटर तथा रेसुङगा नगरपालिका–७ का सूर्य पन्थी, खरिदार एवम् धुर्काेट–७ का ईश्वरी भण्डारी छन् ।

त्यसैगरी जीपका यात्रु एवम् मालिका गाउँपालिका–७ का यमलाल पन्थी र चालक एवम् मुसिकोट–३ का केशव कार्कीको समेत निधन भएको छ ।

घाइतेमध्ये पाँच जना सामान्य उपचारपछि घर फर्केका छन् भने छ जनालाई थप उपचारको लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ ।

घाइते एक जनाको प्युठानमा उपचार भइरहेको पन्थीले बताउनुभएको छ । घाइते चार जना बालबालिकामध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

टिप्पणीहरू