अस्ति हरायो,आज पलायो

अस्ति हरायो,आज पलायो

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वितरित मानपदवी, अलङ्कार र पदकमा चुच्चो भाग समेटिएको नक्सा राखिएको छ ।

गत शुक्रबार वितरण गरिएको अघिल्लो वर्षको पदकमा भारतद्वारा अतिक्रमित नेपाली भूभागसहितको नक्सा नराखिएकोमा सरकारको आलोचना भएको थियो ।

पहिले बाँडिएको पदकमा चुच्चो भागसहितको नयाँ नक्सा प्रयोग नगरिएकोमा आशंकासँगै सरकारको आलोचना भएको थियो ।

सरकारले भने गत वर्ष नै वितरण गरिनुपर्ने पदक कोरोना महामारी र त्यसपछि जारी भएको बन्दाबन्दीका कारण यस वर्ष वितरण गर्दा पुरानै नक्सा परेको बताएको थियो ।

टिप्पणीहरू