पूर्वेलीलाई भोलि सिरुवा-पावनीको बिदा

पूर्वेलीलाई भोलि सिरुवा-पावनीको बिदा

सिरुवा-पावनी पर्वको दिन भोलि सरकारले सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो । मन्त्रालयको सूचनामा सिरुवा-पावनी पर्व मनाउने झापा, मोरङ,सुनसरी,सिराहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ साल बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक विदासम्बन्धी चैत ९ गतेको राजपत्रमा प्रकाशित सूचनामा सिरुवा-पावनी पर्वका मनाउने झापा,मोरङ,सुनसरी,सिराहा र सप्तरी जिल्लामा सार्वजनिक विदा दिने उल्लेख गरिएको छ’, सूचनामा भनिएको छ ।

यो वर्षको सिरुवा-पावनी पर्व भोलि वैशाख २ गते बिहीबार परेको छ । यो पर्व झापा,मोरङ, सुनसरी,सिराहा र सप्तरी जिल्लामा मनाउने गरिन्छ ।

टिप्पणीहरू