प्रधानमन्त्रीले भन्नुभयो-मैले किन धम्की दिने ?

प्रधानमन्त्रीले भन्नुभयो-मैले किन धम्की दिने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले फेरि लकडाउन गर्ने धम्की नदिएको बताउनुभएको छ । नयाँ वर्षको अवसर पारेर आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको हल्ला चलेको बताउँदै उहाँले भन्नुभयो, ‘धम्की दिने मेरो हैसियत होइन र त्यो उचित पनि ठान्दिनँ । परिस्थिति बिग्रयो भने देशले दोस्रो लकडाउन खेप्नुपर्ने हुन्छ ।’ उहाँले आफूले कसैलाई धम्की नदिएको र नदिने बताउनुभयो ।

ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले कोरोना महामारीको दोस्रो चरणलाई फैलिन नदिन स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन आग्रह गर्नुभएको छ ।

टिप्पणीहरू