बागमतिपछि अब विष्णुमतिको पालो

बागमतिपछि अब विष्णुमतिको पालो

नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमति नदी सफाई अभियान थालिएको हो । विष्णुमति सफाई अभियानको आयोजनामा आज बिहान विष्णुमति नदीको शोभा भगवती क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमति नदी उपत्यकाबासीको सभ्यता,धर्म,परम्परा र जीवनपद्धतिसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गई मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अझै बढी समय दिइने पनि उहाँको भनाई छ । सफाइमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाई अभियानलाई थप विस्तार र प्रभावकारी बनाउँदै लगिने जनाइएको छ ।

टिप्पणीहरू