जर्सी परिवर्तनको बिरोधसँगै त्रिदेशीय सिरिजको समय फेरियो

जर्सी परिवर्तनको बिरोधसँगै त्रिदेशीय सिरिजको समय फेरियो

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय सिरिजको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीलाई सुम्पेको छ । १५ लाख रुपैयाँमा जोहरा स्पोर्टसलाई सिरिजको सम्पूर्ण ठेक्का दिइएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।

सिरिजको लागि खेलाडीको जर्सी सार्वजनिक गरेको क्यानको अहिले सर्वत्र आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा खेलाडीको जर्से पुरानै राम्रो थियो, कप्तानलाई नै जर्सी मन परेन, त्यसैले मुख बटारेका छन् लगायतका पोष्टहरु भाइरल भएका छन् ।

उक्त विषयमा सचिव प्याकुरेलले ‘आफू उपत्यका बाहिर रहेकाले केही पनि थाहा नभएको’ बताए । उनले जर्सीको बारेमा ठेकेदार कम्पनीका म्यानेजरसँग बुझ्नुपर्ने उल्लेख गरेका छन् । जर्सीको ठेक्का आइएनजी समूहले पाएको छ ।

यस्तै,क्यानले सिरिजको समय तालिका पनि परिवर्तन गरेको छ । नयाँ खेल समयअनुसार नेपालले उद्घाटन खेलमा नेदरल्यान्डसविरुद्ध दिउँसो पौने दुई बजे खेल्नेछ । यसअघि क्यानले खेलको समय सवा दुई बजेको लागि तय गरेको थियो ।

टिप्पणीहरू