सीडीओ अफिसका कर्मचारी चढेको जीप दुर्घटना, प्रशासकीय अधिकृतसहित चारको मृत्यु (अपडेट)

सीडीओ अफिसका कर्मचारी चढेको जीप दुर्घटना, प्रशासकीय अधिकृतसहित चारको मृत्यु (अपडेट)

जिल्ला प्रशासन कार्यालय, गुल्मीका कर्मचारीहरू सवार जीप दुर्घटनामा परेको छ । कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित चार जनाको मृत्यू भएको छ ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप प्यूठानको रुमालेमा दुर्घटनाग्रस्त हुँदा घटनास्थलमा दुई जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीका सूचना अधिकारी उद्भव पन्थीले बताउनुभएको छ ।

लु१ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका–१ रूमालेको जङ्गलमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको पन्थीले बताउनुभयो । उहाँका अनुसार निधन भएका अन्य कर्मचारीमा सूर्य प्रसाद पन्थी र ईश्वरी भण्डारी हुन् । साथै, चालकको समेत ज्यान गएको पन्थीले जानकारी दिनुभएको छ ।

घाइतेहरुको थप उपचारको निम्ति हेलिकप्टरमा काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ । जीपमा चालक र सह–चालकसहित १२ जना सवार थिए ।

टिप्पणीहरू