बजेटले कोभिडको चुनौति सामना गर्ने

बजेटले कोभिडको चुनौति सामना गर्ने

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको तयारीसम्बन्धी छलफलमा उपस्थित अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको सुनिश्चितता गरेर कोभिड-१९ ले सिर्जना गरेको चुनौति र त्यसको सामना गर्ने कुरालाई बजेटले प्राथमिकतामा राख्ने जानकारी गराउनुभएको छ ।

कोभिड संक्रमण नियन्त्रण,उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरालाई चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने अर्थमन्त्रीले बताउनुभयो ।

अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने पौडेलले बताउनुभयो । बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरु नै सम्पूर्णरुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने उहाँको भनाइ छ ।

टिप्पणीहरू