चित्रबहादुर फेरि अध्यक्ष चयन

चित्रबहादुर फेरि अध्यक्ष चयन

राष्ट्रिय जनमोर्चाको नेतृत्व पुन: चित्रबहादुर केसीले पाएका छन् । ८० वर्षका केसीलाई पार्टीको चौथो राष्ट्रिय सम्मेलनले फेरि अध्यक्षमा निर्वाचित गरेको हो ।

गत बिहीबार बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले ३७ पूर्ण र १० वैकल्पिक गरी ४७ सदस्यीय केन्द्रीय समिति पनि निर्वाचित गरेको छ । सम्मेलनबाट रश्मीराज नेपाली कार्यकारी उपाध्यक्षमा निर्वाचित भएका छन् भने जनकराज शर्मा र दुर्गा पौडेलले उपाध्यक्षको जिम्मेवारी पाएका छन्।

त्यस्तै,मनोज भट्टलाई महासचिवमा निर्वाचित गरिएको छ । सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री आएका छन् ।

केन्द्रीय सदस्यमा शंकर बराल, कृष्णबहादुर खड्का,कृष्ण थापा, रत्नविक्रम प्यासी राना,तारा थापा, नन्दराज भट्ट,डम्मर पुरी, लालबहादुर जाग्री,सोमकुमार कार्की,कमल जिसी,राजेन्द्र ढुङगााना,लालबहादुर थापा, घनश्याम न्यौपाने र झविलाल थापा चयन भएका छन्।

त्यसैगरी पियारी थापा, इन्दिरा ज्ञवाली, यमलाल पोख्रेल, मञ्जु परियार, लक्ष्मी केसी, सुधा शर्मा, दिलबहादुर दर्जी, देवी शर्मा, भागिरथ भट्टराई, दिपक पाण्डे, नारायण जिसी, पदमा पण्डित, चन्द्रा परियार, लिलादेवी शर्मा, रामकुमार क्षेत्री, कल्याणी श्रेष्ठ केन्द्रीय सदस्य चुनिएका छन् ।

जनमोर्चाको वैकल्पिक केन्द्रीय सदस्यहरुमा गिरिप्रसाद बुढा, गौरीश्वर पाण्डे,धर्मानन्द सुवेदी, चिन्तामणि पौडेल, अम्रृत पाण्डे, गणेश आचार्य, हेमकुमार गुरुङ, कमलविक्रम शाही, उदयनारायण चौधरी र सुवर्णविक्रम थापा निर्वाचित भएका छन् ।

बद्रे आलम, अमर थापा, लोकेन्द्र लम्साल, काजिलाल वाईवा, दधिराम आचार्य, सागर केसी, देवजंग शाही, मोहनमणि ढकाल, मोमिना खातुन, रामबाबु फुँयाल, बेदीलाल सापकोटा र खगा रानालाई सम्मेलनले केन्द्रीय सल्लाहकार सदस्यमा निर्वाचित गरेको छ ।

टिप्पणीहरू