बागमतीमा दोस्रो चरणको खोप कहिले ?

बागमतीमा दोस्रो चरणको खोप कहिले ?

बागमती प्रदेश,स्वास्थ्य निर्देशनालय,स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई आगामी बैशाख ७ देखि ११ गतेसम्म दोस्रो चरणको खोप लगाइने बताउनुभएको छ ।

फागुनमा १० दिनसम्म मात्र दोस्रो चरणको खोप लगाउने कार्यक्रम सञ्चालन भएकोमा त्यसमा पनि छुटेकालाई बैशाखमा लगाइने दोस्रो चरणको खोप कार्यक्रममा समावेश गरिने खड्काले बताउनुभयो ।

काठमाण्डौँ उपत्यकामा मात्रै ८० हजार जनालाई खोप लगाउन बाँकी रहेको भन्दै खड्काले बैशाख ७ देखि ११ गतेसम्मको समय अपुग हुने बताउनुभएको छ । उहाँकाअनुसार दोस्रो चरणको खोपको म्याद लम्ब्याउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको छ ।

खड्काले अग्र भागमा खटिएर काम गर्ने डाक्टर,सुरक्षाकर्मी, पत्रकार,निजामती तथा अन्य क्षेत्रका कर्मचारीहरुले भने दोस्रो चरणको खोप जतिबेला पनि लगाउन पाउने बताउनुभयो ।

टिप्पणीहरू