विज्ञापन बजारको होला त व्यवस्थापन ?

विज्ञापन बजारको होला त व्यवस्थापन ?

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने बताएका छन् ।

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै उनले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने प्रतिवद्धता व्यक्त गरे ।

उनले सरोकारवालाहरुसँग छलफल गर्दै नीतिगत र व्यावहारिक सुधार गर्ने बताए । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पेनहरु सञ्चालन गर्ने उनको भनाइ छ ।

विज्ञापन बजार विस्तार गर्ने, विज्ञापरहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने कुरालाई आफूले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

केन्द्र,प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने र लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने अध्यक्ष हुमागाँईले बताए ।

टिप्पणीहरू