प्रधानमन्त्रीका कारण उपप्रधानमन्त्री रोक्किए

प्रधानमन्त्रीका कारण उपप्रधानमन्त्री रोक्किए

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ८ बजे नयाँ बर्षको उपलक्ष्यमा देशवासीको नाममा सम्बोधन गर्ने भएपछि आज उपप्रधानमन्त्री ईश्वर पोख्रेलले गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

कोरोनाको दोस्रो लहरबारे आवश्यक सचेतना अपनाउन अपिल गर्नको लागि हिजोको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्रीलगायत विभिन्न मन्त्रीहरुले देशवासीका नाममा सम्बोधन गर्ने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्रीले नै सम्बोधन गर्ने भएकाले उपप्रधानमन्त्री पोखरेल र मन्त्रीहरुको सम्बोधन स्थगित गरिएको बताइएको छ ।

टिप्पणीहरू