फोटो फिचर पाहांचःह्रे

फोटो फिचर पाहांचःह्रे

पाहांचःह्रेलाई काठमाडौं उपत्यकामा विशेष खालको नेवारी महोत्सव, पर्व अथवा एक किसिमको ठूलै चाडको रुपमा लिइन्छ ।

पाहांचःह्रे विभिन्न शक्तिपीठमा रहेका आठ देवी देवताको तान्त्रिक विधिबमोजिम पूजाअर्चना गरेर शक्तिपीठलाई जागृत गराएपछि प्रारम्भ हुन्छ ।

त्यसपछि ती शक्तिपीठका देवी देवतालााई खटमा राखी घोडे जात्राको भोलिपल्ट असन चोकको अन्नपूर्ण मन्दिर सामुन्ने पुर्याइन्छ । जसलाई खट जुधाउने जात्रा पनि भनिन्छ ।

यो पर्वलाई पनि काठमाडौंका रैथाने नेवार समुदायले आफन्त र साथीभाईकाबीच भोज भतेर आयोजना गरेर निकै धुमधामका साथ मनाउने गर्छन् ।

 

टिप्पणीहरू