सरकारी विद्यालय लोप हुने चेतावनी

सरकारी विद्यालय लोप हुने चेतावनी

फर्पिङको दाउरेचौरस्थित सेतीेदेवी माध्यमिक विद्यालयको आज हिरक जयन्ती मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजनकुमार केसीले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा गुणस्तरीय बनाउन जोड दिनुपर्ने बताउनुभएको छ ।

उहाँले सोध्नुभएको छ ‘सरकारी विद्यालयमा नाम निकाल्न नसकेर निजीमा गएका शिक्षक शिक्षिकाहरूले अध्यापन गराउने शिक्षा स्तरीय शिक्षककोभन्दा कसरी गुणस्तरीय भयो ?’

पूर्वाधारसम्पन्न सरकारी विद्यालयहरू सस्तो हुँदाहुँदै समेत शैक्षिक केन्द्रको रुपमा आकर्षणको केन्द्र बन्न नसकेको बताउँदै उहाँले अब पनि सरकारले गम्भिर भएर नसोच्ने हो भने सरकारी विद्यालयको अस्तित्व नै लोप हुने चेतावनीसमेत दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सांसद पुकार महर्जन,दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत,उपमेयर बसन्ती डंगोल तामाङ,वडा नं. ९ का अध्यक्ष अम्बिका बलामी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम तामाङ एवम् विद्यालयका शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति थियो ।

स्थापनाको ६० वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा विद्यालयका अवकाशप्राप्त शिक्षक तथा शिक्षिकाहरूलाई सम्मान तथा प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

टिप्पणीहरू