कुकुर मार्नेविरुद्ध जिल्ला प्रहरीमा उजुरी

कुकुर मार्नेविरुद्ध जिल्ला प्रहरीमा उजुरी

कुकुरलाई विभत्स ढंगले मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमा उजुरी परेको छ ।

धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई बिजुलीको पोलमा बाँधेर कोदालो र फलामको रडले टाउकोमा हानेर कुकुर मारेको भिडियोमा देखिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक हरी खतिवडाले बताएका छन् ।

खतिवडाका अनुसार ‘८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको प्रारम्भिक बयानबाट खुलेको छ ।’

चैत १८ गते कुकुरलाई बिजुलीको पोलमा बाधेर मारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियो बाहिर आएपछि घर पालुवा चौपाया अधिकारवादीले कुकुर मार्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, काभ्रेमा उजुरी हालेका हुन् ।

अहिले भिडियो हेरेर कुकुर मार्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ । कुकुर मार्नेलाई ५ हजार रुपैयाँ जरिवाना र एक महिना कैद हुने कानुनी व्यवस्था रहेको छ ।

टिप्पणीहरू