कोरोनाको खोपको दोस्रो मात्रा लगाउन मिति र केन्द्र तोकियो

कोरोनाको खोपको दोस्रो मात्रा लगाउन मिति र केन्द्र तोकियो

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन मिति र केन्द्र तोकिएको छ । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले खोप लगाउने मिति र केन्द्र तोकेको हो ।

निर्देशनालयले जारी गरेको सूचनामा आगामी बैशाख ७ देखि ११ गतेसम्म खोपको पहिलो मात्रा लिएका सबैलाई दोस्रो मात्रा लिन अनुरोध गरिएको छ । सूचनामा खोपको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप कार्ड लिएर जान आग्रह गरिएको छ ।

यसअघि माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोपको पहिलो मात्रा लगाइएको थियो । निर्देशनालयको सूचनामा विभिन्न १९ वटा केन्द्रबाट खोपको दोस्रो मात्रा लिन सकिने उल्लेख छ । खोपका लागि बिहान १० देखि साँझ ४ बजेको समय तोकिएको छ।

कोभिड-१९ विरुद्धको खोप प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएका सबै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनितिक नियोगका कुटनितिकज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजानिक संस्थान तथा बैंक र वित्तीय संस्थानका कर्मचारीलगायतलाई दोस्रो मात्रा लिन भनिएको छ ।

टिप्पणीहरू