माधव पक्षको सपथग्रहण बल्खुमा

माधव पक्षको सपथग्रहण बल्खुमा

नेकपा एमालेको खनाल-नेपाल समूहले काठमाडौँ जिल्ला कमिटीका पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम राखेको छ ।

आगामी शुक्रबार बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा हुने शपथग्रहणमा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको सहभागिता रहने बताइएको छ । शपथग्रहण बिहान करिब ११ बजेबाट सुरु हुने सो पक्षले जनाएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै असन्तुष्ट रहेको खनाल-नेपाल समूहले समानान्तर कमिटी बिस्तार गरिरहेको छ । वडास्तरसम्म समानान्तर कमिटी गठनको अभियान नै शुरु गरेको सो समूहले गत हप्ता काठमाडौँ जिल्लामा समानान्तर कमिटी बनाएको थियो ।

खनाल-नेपाल समूहले हालसम्म ६८ जिल्लामा समानान्तर कमिटी विस्तार गरेको बताएको छ । त्यस्तै,जनवर्गीय संगठनहरुमा पनि समानान्तर कमिटी गठनलाई तीब्र बनाइएको छ ।

टिप्पणीहरू