कोरोनाबाट आज पनि वीरगञ्जमा एक जनाको मृत्यू

कोरोनाबाट आज पनि वीरगञ्जमा एक जनाको मृत्यू

नारायणी अस्पताल, वीरगञ्जमा उपचारको क्रममा एक पुरुषको ज्यान गएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान साढे ३ बजेको समयमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

‘खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराएका मृतकको, दुबै फोक्सोमा कोभिड निमोनिया भएको उनको उपचारमा संलग्न डाक्टर निरज सिंहले बताए ।

होली पर्व मनाउन चैत १४ गते उनी भारतको हैदरावादबाट घर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि वीरगञ्ज–३ का ६२ वर्षीय पुरुषको पनि सोमबार बिहान ज्यान गएको थियो । आइतबार नारायणी अस्पतालमा भर्ना भएका उनको पनि पीसीआर रिपोर्ट सोमबार मात्र पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

टिप्पणीहरू