चौधरी ग्रुप र क्यानबीच सम्झौता

चौधरी ग्रुप र क्यानबीच सम्झौता

सोमबार नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले राजधानीमा भएको एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताबापत चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । उक्त रकम हरेक दुई वर्षमा १० प्रतिशतका दरले बृद्धि हुने क्यानले जानकारी दिएको छ ।

सम्झौतापछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेट यहाँसम्म आइपुगेको र नयाँ सम्झौताबाट नेपाली क्रिकेटले पुन: उचाई लिने विश्वास व्यक्त गरे ।

क्यान क्रिकेट निर्देशक विनोद दासले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिए ।

नेपाली उमेर समूहको टोलीलाई अब वाइवाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । यू–१९ महिला क्रिकेट टिमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताए ।

टिप्पणीहरू