ठगिको आरोपमा एक प्रकाउ

ठगिको आरोपमा एक प्रकाउ

नक्कली कागज तयार गरी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । लमजुङ जिल्ला बेसिशहर नगरपालिका स्थायी घरभई हाल काठमाडौँ जिल्ला वडा नं १३ मा बस्दै आएका कुल्देश जोशीले दिएको जाहेरीका आधारमा प्रहरीले सकुल शाही ठकुरीलाई पक्राउ गरेको हो ।

ललितुपुर महानगरपालिका वडा न १ बस्ने भेशेन्द्र भुसालको नाममा काठमाडौँ स्तिथत नागार्जुन नगरपालिका वडा न ६ मा रहेको जग्गा प्रति आना १८,००,००० कायम गरिएको तर नक्कली बैना कागज बनाई रु ५०,००,००० बैना लिएर ठगि गरेका ठकुरीलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।

पंगेनीका काठमाडौँ जिल्ला बुढानिलकण्ठ वडा नं ५ बस्ने ४५ बर्षिया शाही ठकुरीलाई शनिबार करिब ४ बजेको समयमा अपराध महासखाबाट खटिएको टोली पक्राउ गरेको थियो ।

ठगी गरेको आरोपमा पक्राउ परेका ठकुरीलाई आवाश्यक र्कावाहीको लागी टेकु प्रहरी परिसर लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू