सुकुटे दुर्घटनामा १ को मृत्यू, अवरुद्ध राजमार्ग ७ घण्टापछि खुल्यो

सुकुटे दुर्घटनामा १ को मृत्यू, अवरुद्ध राजमार्ग ७ घण्टापछि खुल्यो

आज बिहान सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यू भएको छ भने दुई जना घाइते भएका छन् । उपचारको लागि नजिकैको सिन्धु सदाबहार अस्पताल लगिएका दुईजना घाइतेमध्ये एक जनाको उपचारको क्रममा निधन भएको हो ।

अर्का घाइतेलाई थप उपचारको निम्ति काठमाडौं पठाएपछि स्थानीयवासीले राजमार्ग झण्डै ७ घण्टासम्म अवरुद्ध पारेका थिए । अवरुद्ध राजमार्ग खुलाउन लामोसाँघुबाट शसस्त्र प्रहरीका सहायक प्रहरी नायव उपरिक्षकको नेतृत्वको टोली र नेपाल प्रहरीको टोली संयुक्त रुपमा खटिएको थियो ।

तर, अवरुद्ध अरनिको राजमार्ग अपरान्ह सवा चार बजेदेखि सुचारु भएको बताइएको छ ।

टिप्पणीहरू