आज एकैदिन १३ जना संक्रमितको ज्यान गयो

आज एकैदिन १३ जना संक्रमितको ज्यान गयो

पछिल्लो २४ घण्टामा सोमबार एकैदिन कोरोना संक्रमणका कारण १३ जनाको ज्यान गएको छ भने ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजर १ सय ५ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९६ जना र ७ सय २७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । त्यस्तै आज कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ सय ३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू