विप्लवको विद्यार्थी सम्मेलनलाई हल सित्तै

विप्लवको विद्यार्थी सम्मेलनलाई हल सित्तै

नेत्रविक्रम चन्द विप्लवसम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी)ले राष्ट्रिय सम्मेलनका लागि हल माग्दै त्रिभुवन विश्वविद्यालयलाई पठाएको पत्रमा आवश्यक कार्यान्वयनको लागि तोक लागेको छ ।

आइतबार ‘स्मृति भवनको हल उपलब्ध गराई दिने बारेमा’ भनेर लेखिएको पत्रमा आगामी बैशाख ३१ देखि जेष्ठ ३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनका लागि विश्वविद्यालयको स्मृति भवनको हल उपलब्ध गराएर सहयोग गर्न भनिएको छ ।

सो संगठनका अध्यक्ष चिरन्जीवी ढकालले पठाएको पत्रमा उपकुलपतिलाई सम्बोधन गरिएको थियो ।

टिप्पणीहरू