सिके राउतका अरु नेताले कति मत ल्याए ?

सिके राउतका अरु नेताले कति मत ल्याए ?

आजाद मधेसको नाममा राजनीति थालेर पोहोर ओली सरकारसङ्ग शान्तिपूर्ण राजनीतीनिम्ति सम्झौता गरेको जनमत पार्टीको प्रथम महाधिवेशनद्वारा केन्द्रीय पदाधिकारीहरू छानिएका छन् ।

मतदानको अन्तिम नतिजाअनुसार अध्यक्षमा २३०२ को भारी मत सहित डा सी.के. राउत विजयी भएका छन् भने उपाध्यक्षमा अव्दुल खानले १८७६ मत ल्याउँदै उनका प्रतिद्वन्दीलाई हराएका छन् । उपाध्यक्ष उठेका वसन्त कुशवाहा,दिपककुमार शाह र नरेन्द्र चौधरीले क्रमश: ११५०, ७७१ ,५८२ मत ल्याएका थिए ।

त्यस्तै,महासचिवमा चन्दन सिंह १५७३ मत ल्याएर विजयी भएका छन् । ३२ जनावीचको प्रतिस्पर्धामा केन्द्रीय सदस्य खुल्ला समूहबाट डाक्टर सुवन्त कुशवाहाले ८३३,संजयकुमार यादवले १५३८,राजकुमार यादवले १४२९,भोपेन्द्रप्रसाद यादवले १४५७,रविन्द्र साहले ७१२,भवानी महतोले ६८९ ,ललित चन्द्र मल्लिकले ११९३,सुरेन्द्र मधेशीले १३०५ ,मदनेशकुमारी चौधरी १११५, नरेशप्रसाद कुशवाहाले ९५९,बुद्धिराम माझीले ६४६ , वीरेन्द्र महताले ६९८,बालगोविन्द चौधरीले १०३६, इन्द्रजितकुमार यादवले १२४०,सुरेन्द्रप्रसादले ५२७,राजेन्द्र रायले ७९५, ओमप्रकाश साहले ८६३,विष्णुप्रसाद यादवले १३८४, सीताराम पंडितले ८२६,वीरेन्द्र साहले ८२९,सुनिलकुमार यादवले ८०४,मजन भगतले ५९३,इरफान अहमद शेखले १२९७,सूर्यदेव यादवले ६४५,रामकेश गुप्ताले १०३१, परमेश्वर मुरमुरले ८१५, विनय पंजियारले ९८९,योगेन्द्र चौधरीले ६७५,आर.के राउतले ४९२,रघुविर दासले ७४२,संतोष कुमार साहले ४६१ र संजयकुमार यादवले १२९० मत ल्याएका छन् ।

यस्तै महिलातर्फ महिला सदस्य अनिताकुमारी मण्डलले १३७६,अनितादेवी साहले १४७३, अंजनी देवी मण्डलले १०१९ ,बविताकुमारी राउतले १११८, आशाकुमारी मेहताले १००५ ,जुलेखा बिबीले १००९, राधाकुमारी यादवले १३४७ र कोशिला देवी महतोले ११६५ मत ल्याएका छन् ।

टिप्पणीहरू